2026 April 17/ 12:39: 51pm

    बनेपा/जिल्ला आयुर्बेेद स्वास्थ्य केन्द्रको आयोजनामा स्थानीयहरुका लागि जडिबुटी परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ । बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । 
    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत घिमिरेले आफ्नो वरपर रहेका जडिबुटीहरुलाई संरक्षण र पहिचान गरी प्रयोगमा ल्याउनुपर्ने बताए । औषधी भन्दा आयुर्बेदमा जोड दिई आफनै प्रकृतिको संरक्षणमा जोड दिई नगरपालिकामा योजना ल्याउन घिमीरेले अनुरोध गरेका थिए । आयुर्वेदको ब्यबसायीक खेती गरी आयआर्जनमा सहयोग हुने भएकाले नगर भित्रका सबै प्रकृति तथा बनस्पतिहरुको पहिचान गर्न लागिएको उनले बताए । नगरमा सबै जातजातिका बनस्पती तथा जडिबुटीहरु भएकाले वडामा सोही अनुसारको योजना ल्याउन आग्रह गरेका थिए । 
    कार्यक्रममा बनेपा नगरपालिका वडा न. ५ का वडा अध्यक्ष बलराम अधिकारी, जिल्ला आर्युर्वेद कार्यालयका निमित प्रमुख ईश्वरीप्रसाद ढकाल लगायतले जडिबुटीका बारेमा बताएका थिए । ढकालले नेपाल क्षेत्रफलमा सानो भए पनि जडिबुटीमा बिश्वमा २५ औं नम्बरमा परेको बताए । नेपालमा ६ सय ४० जातका पुतली, ८ सय ५२ जातका चराचुरुङ्गी लगायत धेरै रोगहरुको आर्युबेद औषधी रहेकाले यसलाई नै प्रयोग र संरक्षण गरेमा धेरै लाभ हुने बताए । कार्यक्रममा बनेपा नगरपालिकाका १४ वटै वडाका जडिबुटीका अगुवालाई विभिन्न जातका जडिबुटीहरुको परिचय गराईएको थियो ।