2026 April 17/ 02:30: 40am

    धुलिखेल/धुलिखेलमा रहेको बाल मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रबृत्ति वितरण गरिएको छ । 
    काभ्रे यु.के सोसाईटी छात्रवृत्ति वितरण कार्यक्रम विद्यालय परिसरमा गरिएको हो । सोसाईटीका अध्यक्ष नारायणप्रसाद फुँयालको प्रमुख आतिथ्यतामा विद्यालयमा आयोजित उक्त कार्यक्रममा छात्रबृत्ति वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अध्यक्ष फुँयालले छात्रवृत्ति वितरण गर्दै आगामी दिनमा अझै शैक्षिक गतिविधिमा सहयोग पु¥याउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, अभिभावक र विद्यार्थीहरुले स्वागत गरेका थिए । कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरी लगायतको सहभागिता रहेको थियो ।