2026 April 17/ 02:30: 41am

    जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न प्रतिभाहरुलाई दुई पटक गरी प्रदान गरिने भएको छ । 
    यसवर्ष २०८१ सालको ‘दीपा–जनमत सम्मान’ निर्मोही व्यास (बारा) लाई, ‘गणेश÷ खिलकुमारी दुवाल–जनमत सम्मान’ श्याम तमोट (भोजपुर) लाई, ‘केवलपुरे–जनमत सम्मान’ खेमराज निरौला (ताप्लेजुङ) लाई, ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश (खोटाङ) लाई, ‘कमला सैंजू–जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ (ललितपुर) लाई, ‘जनमत–राजभाई सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य (खोटाङ) लाई प्रदान गरिने भएको छ भने ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल (काठमाडौंं) लाई, ‘जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारी (काठमाडौ) लाई प्रदान गरिने कार्यक्रम रहेको छ । आगामी मंसीर २७ गते हुने प्रथम चरणको कार्यक्रममा उल्लेखित सम्मानबाट सम्मानित गरिनेछ । प्रथम चरणको कार्यक्रम काठमाडौंमा हुनेछ ।