बनेपा/मनकामना बचत तथा ऋण सहकारी सहकारी संस्थाको ३० औ वार्षिक साधारण सभा संस्थाका सल्लाहकार राजकुमार हुमागाईको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको छ ।
सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सचिव नवराज आचार्यले आर्थिक प्रतिवेदन कोषाध्यक्ष विकास तिमल्सिनाले लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक देवप्रसाद कोईरालाले प्रस्तुत गरेका थिए । संस्थाको कुल सदस्य १० हजार १ सय ३, शेयर पुजीं १६ करोड २३ लाख ६ हजार, निक्षेप १ अर्व ९५ करोड ६९ लाख ८७ हजार, ऋण लगानी १ अर्व ७७ करोड १२ लाख ३८ हजार र जगेडा कोष १६ करोड ८६ लाख १४ हजार खुद नाफा ४ करोड १ लाख ९६ हजार रहेको जनाएको छ । सभामा संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको बताईएको थियो । सदस्यहरुलाई स्वास्थ्य उपचार खर्च, सुत्केरी खर्च, श्रद्धाञ्जली राहत वितरण, विमा, मोवाईल बैकिंङ्ग, विभिन्न सिपमुलक तालिम लगायतका कार्यक्रमहरु गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिनाले बताए । संस्थाले रक्तदान, स्वास्थ्य शिबिर, स्टेशनरी वितरण जस्ता सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु समेत गर्दै आएको तिमल्सिनाले बताए ।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष बालकृष्ण दाहाल, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत सघंका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकाल लगायतले सहकारीका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, ऋणी, बाल सदस्य र शेयर सदस्य, जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष विदुर प्रसाद घिमिरेले राखेका थिए ।





