2026 April 17/ 02:18: 18am

    बनेपा/पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारणसभा बाट विजेन्द्र पोटेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । 
    समितिको उपध्यक्षमा पुष्कर रजिंतकार सचिब सुमन बैद्य, कोषाध्यक्ष श्याम सेवाचार्य र सदस्यहरुमा राजु पहि श्रेष्ठ, राम पोटे हरिगोपाल बैद्य रहेका छन् । त्यसै गरी लेखा सुपरिवेक्षण समितिको संयोजक रामेश्वर महाजु सदस्यमा अमृत सेवाचार्य र गीता पोटे निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष सुशन राजबंशीले गरेका थिए भने सञ्चालन प्रमुख कार्यकारी अधिकृत इश्वर महाजुले गरेका थिए । 
    कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, संस्थाका संस्थापक अध्यक्ष सुवाष बैध, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना लगायतले सहकारीमा बारेमा मन्तब्य राखेका थिए । संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन सचिव पुष्कर रंजितकारले आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुमन बैद्यले र लेखा प्रतिबेदन संयोजक हरिगोपाल बैद्यले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं १ करोड ६१ लाख, २६ हजार, कुल बचत १३ करोड २१ लाख ५१ हजार, ऋण लगानी १२ करोड २२ लाख २० हजार रहेको जनाएको थिए । सभामा संस्थाको उत्कृष्ट बचत कर्ता, ऋणी सदस्य, बाल बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । संस्थाले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, स्टेशनरी वितरण, सदस्य राहत कार्यक्रमहरु गर्दै आएको प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले सभामा बताए ।