2026 April 17/ 02:31: 13am

    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ मा रहेको प्रगतिशिल बाल क्लव सञ्जालको आयोजनामा शुभ दिपावली, नेपाल सम्वत, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 
    बाल सञ्जाल क्लबकी अध्यक्ष आस्था तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकूलपति प्रा.डा अच्युत वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपकुलपति प्रा.डा.वाग्लेले वडा नम्वर ४ मा हुने शैक्षिक तथा सामाजिक कृयाकलापमा विश्वविद्यालय हातेमालो गर्न तयार रहेको बताए । साथै जेनजी समुहका बालबालिकाहरुले खोजेको मुलुकको शुसासन, पारदर्शिता र राजनीति प्रतिको इच्छालाई सबैले स्वागत गर्नुपर्ने तर ध्वंसात्मक घटनामा संलग्नलाई भने उन्मुक्ति हुन नहुने उनले बताए । यो पुस्ता राजनीतिमा सक्रिय हुँदैन कि ? वा मुलुकको परिवर्तन र संचालनमा चासो राख्दैन कि ? भन्ने चिन्ता जेनजी समुहले मेटाएको भए पनि उनिहरुका नाममा भएका अपराधिक कृयाकलाप भने क्षम्य नहुने उनले बताए । 
    वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले वडा कार्यालयले विश्वविद्यालय तथा अन्य संघ संस्था, तीन तहकै सरकार र धुलिखेल नगरपालिकाको समन्वयमा वडामा विभिन्न कृयाकलापहरुलाई निरन्तरता दिईरहेको बताए । बालबालिकाहरुको संरचनागत विकास, क्षमता र रचनात्मक कृयाकलापमा मात्रै नभई हरेक क्षेत्रमा सक्रिय रहने गरेको बताए । कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिका पुर्व नगर प्रमुख विमला शर्मा, नेपाल पत्रकार महासंघ पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, पाँचखाल ५ का अध्यक्ष सिताराम ढुंगाना, अटल साकोसका अध्यक्ष कमल राय, धुलिखेल योग साधना केन्द्रका अध्यक्ष विष्णु शर्मा, समुन्नत पाठशालाका अध्यक्ष देवकृष्ण  श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाल सञ्जाल क्लवकी अध्यक्ष आस्था तामाङले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि यस्ता कार्यक्रमहरु प्रभावकारी रहेको बताईन् ।