धुलिखेल/सामाजिक जागरण मञ्च धुलिखेलको २३ औ बार्षिक साधारण सभा गैसस महासंघ काभ्रेकी अध्यक्ष गंगा दोङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष हरिगोपाल प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा शुभ दिपावली, न्हुँदया भिन्तुना नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान प्रदान गरिएको थियो ।
संस्थाका सदस्य दयाराम महतको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम सचिव कमलबहादरुर रायले सञ्चालन गरेका थिए । समाजमा जनचेतना ल्याउने उद्देश्य सहित स्थापना भएको उक्त संस्थाले समुदाय स्तरमा हुने विविध घटनाक्रममा सहभागिता र सक्रियता देखाएको का.वा अध्यक्ष हरिगोपाल प्रधानाङ्गले बताए । सचिव कमलबहादुर रायले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको उक्त सभामा खुल्ला निवन्ध प्रतियोगिता, सहकार्यमा आयोजित सामाजिक कार्यहरु, धार्मिक सम्पदाहरुको अवलोकन, बाढी पहिरोबाट क्षति भएका स्थानहरुमा समन्वय तथा आजिवन सदस्यता विस्तरा लगायतका गतिविधि गरिएको सचिव कमलबहादुर रायले बताए । आर्थिक वर्ष २०८२÷०८३ का लागि स्वास्थ्य सम्वन्धित कार्यक्रम, अवलोकन भ्रमण, सचेतनामुलक कार्यक्रम, सदस्य विस्तार, सधारण सभा, सदस्य बनभोज, शिपमुलक तालिम तथा गोष्ठी तथा विनियम संशोधन लगायतका कार्यक्रम रहेको सचिव रायले बताए ।
कोषाध्यक्ष विष्णु शर्माले आर्थिक वर्ष २०८१/०८२ को २ लाख ९८ हजार ९ सय ५५ रुपैयाँ आम्दानी गरी १ लाख ३८ हजार ६ सय ३० रुपैयाँ खर्च भएको आय ब्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा गैसस महासंघ अध्यक्ष गंगा दोङ्गले सामाजिक संस्थाहरुको निरन्तरता, पारदर्शिता र सुशासन महत्वपूर्ण हुने बताईन् । सभामा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, धुलिखेल ४ का अध्यक्ष उत्तम तिमल्सिना, धुलिखेल नगरपालिकाका पूर्व उपप्रमुख विमला शर्मा, पाँचखाल नगरपालिका वडा नम्वर ५ का अध्यक्ष सिताराम ढुंगाना, समुन्नत पाठशालाका अध्यक्ष देवकृष्ण श्रेष्ठ लगायतले साधारण सभा सफलताको शुभकामना सहित चाडपर्वहरुको शुभकामना ब्यक्त गरेका थिए । सभामा पूर्व अध्यक्ष ईश्वर शर्मा, वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





