2026 April 17/ 02:34: 11am

    धुलिखेल/नेपाल प्रेस युनियन काभ्रे शाखाले सदस्यता विशेष अभियानको समापन गरेको छ । साथै साधारण सभा, वडा दशंै तथा शुभ दिपावली, छठ, नेपाल सम्वत्को शुभकामना आदान प्रदान र सम्मान कार्यक्रम आयोजना गरेको छ । 
    जिल्ला अध्यक्ष नगेन्द्र अधिकारीले केन्द्रिय घोषित कार्यक्रम अनुसार काभ्रे शाखाले सदस्यता विशेष अभियान शुरु गरी समापन गरेको बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखामा निर्वाचित कार्य समिति, सहयोगी ब्यक्ति तथा संघ संस्थालाई प्रशंशापत्र प्रदान गरिएको उक्त कार्यक्रममा सहभागीहरुले प्रेस स्वतन्त्रता लगायतका विषयमा धारणा राखेका थिए । प्रमुख अतिथी केन्द्रिय अध्यक्ष शिव लम्सालले प्रेस युनियनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायसँगको सहकार्यमा महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरेको बताए । नेपाली काँग्रेस शुभेच्छुक संस्था भएकाले पार्टीले गरेका गतिविधिहरु मात्रै नभई समग्र पत्रकारिता क्षेत्रका लागि प्रेस युनियनले गतिविधिहरु संचालन गरिरहेको लम्सालले बताए । नेपाल पत्रकार महासंघको निर्वाचनमा सत्ता समिकरण अनुसार प्रेस चौतारीसँगको सहकार्यमा देशका बहुमत जिल्लाहरुमा नेतृत्व लिएको बताउँदै केहि जिल्लाहरुमा नेतृत्व छाड्नु पर्दा दुःख लागे पनि अघिल्लो पटकको सहकार्य भन्दा धेरै उत्तम भएको बताए । 
    कार्यक्रममा प्रेस युनियनका पूर्व उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष ईश्वरी ओझा, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवा, नेपाली काँग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, भोला थापा, महेश पौड्याल, नारायण सापकोटा, मोतीराम तिमल्सिना, निर्वतमान अध्यक्ष बद्रिराज तिमल्सिना, अध्यक्ष विनोद न्यौपाने, प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोईराला, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष रामप्रसाद ढकाल, फोनिजका अध्यक्ष इन्द्रबहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।