2026 April 17/ 12:28: 16pm

    धुलिखेल/धुलिखेल नगरपालिकामा एनआई सी एसिया बैंकको शुभारम्भ गरिएको छ । बर्दिबास सडकको चोक धुलिखेल नगरपालिका वडा नम्वर ६ मा कार्यालय स्थापना गरी शुरु गरिएको बैंकको शाखा उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गरेका थिए । 
बैंकको उद्घाटन गर्दै नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिकामा आर्थिक समृद्धि गर्ने उद्देश्यले शुरु भएको बैंकको प्रगतिसँगै नगरबासीहरुको हितमा काम गर्न सुझाव दिनु भएको थियो । सामाजिक अभियानमा सक्रिय भई नगरबासीहरुको आर्थिक हितमा काम गर्न अनुरोध गर्दै नगर प्रमुख ब्याञ्जुले पर्यटकिय क्षेत्रका रुपमा विकास हुँदै नगरपालिकालाई पर्यटकमैत्री ब्यवहार गर्न बंैकका कर्मचारीहरुलाई अनुरोध गरेका थिए । कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रादेशिक कार्यालयका प्रमुख राजेश रावल, उपप्रादेशिक कार्यालयका प्रमुख धनेश गिरी र शाखा प्रवन्धक श्याम यगोल लगायतको सहभागिता रहेको थियो । बैंकले सेवाग्रहीहरुलाई सरल र सहज ढंगबाट सेवा दिने प्रतिवद्धता ब्यक्त गरेको छ ।