उद्धव प्रसाद अधिकारी/पाँचखाल
पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केदार लुईटेलको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङ, वडा नम्बर ३ का अध्यक्ष सुन्दर अधिकारी, प्रगतीशिल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद काफ्ले, पाँचखाल भ्याली सेकेण्डरी स्कुलका प्रिन्सिपल डिबिएडी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक सदस्य नवराज बोलखेले राखेका थिए । संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिबेदन सचिव जीवनाथ अधिकारीले आर्थिक प्रतिवेदन कोषाध्यक्ष महेश अधिकारीले सभामा प्रस्तुत गरेका थिए ।
संस्थाको कुल शेयर पुजीं १ करोड ६३ लाख १० हजार, बचत निक्षेप ४ करोड ९० लाख ३१ हजार, ऋण लगानी ६ करोड ३३ लाख ८३ रहेको जनाएको छ । संस्थाले सदस्यहरुलाई रासायनिक मल वितरण, स्वास्थ्य शिबिर, सरसफाई अभियान, सदस्यमुखी सहकारी शिविर लगाएतका कार्यहरु गर्दे आएको सभामा बताईएको थियो । कार्यक्रममा नियमित बचतकर्ता, उत्कृष्ट ब्यवसायी, बाल सदस्य, एसईई उत्तिर्ण बाल सदस्यहरुलाई सम्मान गरिएको थियो ।





