बनेपा/नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयमा खेलकुद सप्ताह २०८२ शुरु भएको छ ।
खेलकुद सप्ताहको उद्घाटन श्रीमेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतले गरेका थिए । प्रमुख अतिथी बस्नेतले खेल जीवनमा अपरिहार्य रहेकाले सबैले खेल खेल्नुपर्ने बताए । सुरक्षित, अनुशासित र मेहनती भई खेल खेल्न विद्यार्थीहरुलाई बस्नेतले सुझाब दिए । खेलकुदको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत रहेकाले विद्यार्थीहरुलाई पढाईसँगै खेल खेल्न अनुरोध गरेका थिए । कार्यक्रममा विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितकारले विद्यालयमा पढाईसँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिएको बताए । विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागी कुनै कसुर बाँकी नराख्ने बताए । विद्यालयमा ओपन फुटसल, बास्केटबल, ब्याडमिन्टन कोर्ट लगायतका खेलकुदका भौतिक पूर्वाधारहरु विद्यालयमै रहेको रञ्जितकारले बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागी अतिरिक्त कक्षाको समेत ब्यबस्था गरिएको रञ्जितकारले बताए ।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले स्वागत मन्तब्य राखेकी थिईन् । विद्यालयका ईसिए ईन्चार्ज विक्रम प्रजापतिले खेलकुद सप्ताहमा कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुले भाग लिने बताए । खेलकुद सप्ताहमा भलिबल, फुटबल, स्वमिङ, कराँते, दौड, लगायतका दर्जन भन्दा बढी खेलहरु खेलाईने बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपाने, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।





