बनेपा/समुदायप्रतिको उत्तरदायित्व वहन गर्ने क्रममा बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले इलाका प्रहरी कार्यालय बनेपालाई ९४ हजार बराबरको कम्प्युटर १ सेट र प्रिन्टर १ थान हस्तान्तरण गरेको छ ।
जेन्जीद्वारा प्रदर्शनका क्रममा भएको आगजनीमा प्रहरी कार्यालय पूर्ण रुपमा जलेको थियो । जनताको जीउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सहयोग पु¥याउने उद्देश्यले सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष कैलाश केसीले बताए । संस्थाका अध्यक्ष कैलाश केसीले ईलाका प्रहरी कार्यालयका प्रतिनिधिलाई उक्त कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका थिए । हस्तान्तरणमा संस्थाका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरी, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।





