बनेपा/जेनजी समुहले गरेको आन्दोलनमा परी घाईते भएका बेथान्चोक ३ का कमल घिमिरेको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग संकलनको क्रम तिब्र भएको छ । उनी काठमाडौ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन् । सरकारले घाईतेहरुको निःशुल्क उपचार गर्ने भने पनि विभिन्न खर्च अभाव भएकाले सहयोग संकलन गरिएको परिवारले बताएको छ ।
बेथान्चोक घर भएकी मिना घिमिरेको समन्वय तथा पहलमा कमल घिमिरेको उपचारका लागि ८३ हजार २ सय ७५ रुपैयाँ उनका बुबालाई हस्तान्तरण गरिएको छ । घिमिरेको अनुरोधलाई स्वीकार गर्दै ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र कलंकी शाखा काठमाडौको तर्फबाट ५६ हजार ४ सय २०, बविता केसी मच्छेगाउँ ६ हजार ३ सय ५५, मिना घिमिरे बेथान्चोक २ ले ५ हजार, नानु महर्जन कीर्तिपुर २ हजार, गोविन्द विशुन्खे किर्तिपुर २ हजार, राजेशकुमार महर्जन सोल्टिमोड १ हजार, सुमी लोहनी सितापाईला, विनोद शंकर बेथान्चोक २, अनिल शंकर बेथान्चोक २, मनु विक किर्तिनगर, लक्ष्मी महर्जन मैत्रीनगर, विना सुनार मदनपुर नुवाकोट, श्याम विक नमोबुद्धले जनही एक एक हजारका दरले सहयोग गरेका छन् ।
त्यस्तै शर्मिला धमला किर्तिनगर, संगीता अधिकारी मण्डनदेउपुर साजन विकले जनही ५÷५ सय सहयोग गरेका छन् । नरबहादुर क्षेत्री बानेश्वरले १ हजार गरी ८३ हजार २ सय ७५ रुपैया हस्तान्तरण गरिएको समाजसेवी राजिव रसाईलीले जानकारी दिए ।





