जनज्योती योग साधना केन्द्रको प्रथम वार्षिक उत्सव
पाँचखाल/पतंजलि योग समिति काभ्रे अन्तर्गतको पाँचखाल योग साधना केन्द्रले तामाघाटमा १५ दिने सह–योग शिक्षकको तालिम सञ्चालन गरेको छ ।
तालिमको प्रमुख अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले उद्घाटन गर्दै स्वस्थ जीवनको लागि दैनिक योग अभ्यास अपरिहार्य भएको र आफुले सिकेको योग ज्ञानलाई टोल टोल, वडा वडासम्म पु¥याई स्वस्थ समाजको निर्माण गर्नु पर्ने बताए । कार्यक्रममा पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायस्थको सभापतित्वमा भएको कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षकमा बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले रहेका छन् ।
त्यसैगरी बनेपा नगरपालिका वडा नं. १० स्थित जनज्योती योग साधना केन्द्रको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको प्रमुख अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले रहेका थिए । कार्यक्रममा बनेपा न.पा. वडा नं. १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, पतंजलि योग समिती बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्थ, महिला अध्यक्ष ईन्दिरा तौजलेले लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम जनज्योती योग साधना केन्द्रका संयोजक शिव प्रसाद तिमल्सिनको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य जीवन भुजेलले गरेका थिए । कार्यक्रममा पतंजलि योग समितिका पूर्व अध्यक्षद्वय हरिशरण श्रेष्ठ र अनु श्रेष्ठ, उपाध्यक्षद्वय मोहन कृष्ण श्रेष्ठ र कमला राजभण्डारी, महामन्त्रीद्वय श्याम कुमार श्रृष्ठ र लक्ष्मी उलक लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिएका छन् ।





