पनौतीमा विध्वंसात्मक आन्दोलन सकिए पछि भट्टराई र तिमल्सिनाले पार्टीबाट राजिनामा दिएको घोषणा गरेका छन् ।
पनौती/भाद्र २३ र २४ गते भएको जेन्जी समुहको शान्तिपूर्ण आन्दोलनमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको घुसपैठ भएको खुल्दै आएको छ । शान्तिपूर्ण आन्दोलनमा विशेषगरी सत्ता बाहिर रहेका राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न पेशामा आवद्ध ब्यक्तिहरु मार्फत तोडफोड र आगजनी गरिएको तत्कालका प्रमाण र तथ्यहरुले खुल्दै गएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पनि विद्यालय, सरकारी संरचना र नीजि सम्पत्तिमा आगजनी र तोडफोड भयो । पनौतीमा रास्वपा नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुर्दशन तिमल्सिनाले कमाण्ड सम्हालेका थिए । तिमल्सिना रास्वपा पनौती नगर कमिटीका सदस्य हुन् । रास्वपाले भन्दै आएको शिक्षक राजनीतिमा लाग्नु हुँदैन । तर नगर सभापति भट्टराई काठमाडौ विश्वविद्यालय कुप्स विद्यालयका स्थायी शिक्षक हुन् । उनि ल्याब टेक्निसियन पदमा विगत केहि वर्ष देखि कार्यरत छन् । केहिले ल्याब टेक्निसियनलाई पनि शिक्षक भन्छन् त ? भनेर पनि प्रश्न गरिरहेको स्थानीयले बताए । विद्यालयले उनि स्थायी शिक्षकका रुपमा कार्यरत रहेको स्पष्ट पारेको छ । काठमाडौ विश्वविद्यालय अन्र्तगत रहेको कुप्समा यस्तै शिक्षकहरुको बग्रेल्ति हुन थालेको छ । शिक्षक नियुक्ति हुँदा उनले पालना गर्छु भनेर सम्झौता गरेको आचारसंहिता विपरीत भट्टराई रास्वपा नगर सभापति भएका थिए । अनि उनि आफै फलाक्दै हुन्थे शिक्षकहरुले राजनीति गर्नु हुँदैन ।
उनि पनौतीमा भएको हिंसात्मक आन्दोलनमा आगोको मुस्लो लिएर ब्यक्तिगत संरचना ध्वस्त बनाउन सक्रिय भएका थिए । त्यसको नेतृत्वकर्ता उनि स्वयं थिए । त्यसपछि फैलिएको आगो कुशादेवी ३ पूर्व नगर प्रमुख भिम न्यौपानेको घरमा गएर निभ्यो । सुदर्शन तिमल्सिना पनि पनौती २ कुशादेवीकै हुन् । उनी आफैले आन्दोलनमा गल्ति भएको स्विकारेका छन् । ‘हो म बाट एउटा कमजोरी भएकै हो त्यो मैले स्विकार्नु पर्छ । अस्तिका दिन म त्यो कार्यक्रमा सहभागी हुनुहुदैन थियो । मेरो सहभागिताकै कारण सारा आक्षेप म माथि पक्कै जायज हुदैन । कयौ ब्यक्तिलाई मैले रोजेको पार्टीप्रति गलत धारणा थियो’–उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘यस घटनासंँगै नगर सभापतिले समेत पदमा नरहेको जानकारी गराइसकेको अवस्थामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सदस्यको पद अहिलेकै मिति देखि त्याग गरेको जानकारी गराउँदछु । नहुनु पर्ने घटनाहरु भए सम्पूर्ण घटनाप्रति दुःख ब्यक्त गर्दछु’–तिमल्सिनाले भनेका छन् । भट्टराई र तिमल्सिना नेपाली काँग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा र क्याप्टेन रामेश्वर थापाको घर तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न थिए । पूर्व प्रमुख भिम न्यौपानेको घर आगजानी र तोडफोड गर्ने बेला भने सहभागी भएका थिएनन् । उनिहरु दुवै जनाले आफु तोडफोडमा संलग्न नभएको भन्दै बचाउ गरिरहेका छन् ।





