बनेपा/बागमती प्रदेश प्राविधिक तथा ब्यबसायिक शिक्षा एवं तालिम परिषद् हेटौडाको वित्तिय सहयोग तथा समन्वयमा नवरत्न टेक्निकल टे«निङ्ग ईन्ष्टिच्युट प्रालिद्वारा सञ्चालित ३ सय ९० घण्टा अर्ली चाईल्डहुड डेभलपमेन्ट फेसिलिटेर तह प्रथम तालिम सम्पन्न भएको छ ।
तालिममा सहभागीहरुलाई बनेपा नगरपालिका शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठीले प्रमाण पत्र वितरण गरेका थिए । त्रिपाठीले तालिम लिनु ठुलो विषय भन्दा पनि तालिममा सिकेका सिपलाई ब्यबहारमा, घर र विद्यालयमा प्रयोग गर्नु महत्वपूर्ण रहेको बताए । प्रारम्भिक बाल विकास बलियो भए मात्रै माथिका कक्षाहरु गुणस्तरीय रहने त्रिपाठीले बताए । कार्यक्रममा ईक्वेल एक्सीसका ब्यबस्थापक कृष्ण विक, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, तालिम प्रमुख प्रशिक्षक कल्पना शंकर, सहायक प्रशिक्षक उर्मिला सापकोटा, सहभागीको तर्फ बाट भगवती बानिँया लगाएतले शुभकामना मन्तब्य राखेका थिए । तीज विशेष कार्यक्रममा दशै तिहारको अवसरमा संस्थाले ५० प्रतिशत छुटमा मन्टेश्वरी तालिम प्रदान गर्ने जानकारी दिईएको थियो । उक्त मन्टेश्वरी तालिमा २० जनाले तालिम लिएका थिए ।





