बनेपा/क्षितिज ईङ्गलिश स्ुकल बनेपामा प्रि–प्राईमरीमा अध्यनरत कुमार तथा कन्यालाई श्रीकृष्ण अष्टमीको अवसरमा पुजा गरिएको छ ।
विद्यालयले प्रत्येक वर्ष उक्त कार्यक्रम गरिरहेको प्रिन्सिपल लिलाधर पौडेलले बताए । संस्कृतिको संरक्षण र बालबालिकाहरुलाई पुजाका बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको पौडेलले बताए । विद्यालयमा १ सय ७५ जना बालबालिकाहरुलाई पुजा गरिएको थियो । कार्यक्रममा विद्यालयका संरक्षक गोविन्दलाल प्रधानाङ्ग, संञ्चालक समितिका अध्यक्ष विकास श्रेष्ठ, ब्यबस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ, प्रिन्सिपल लिलाधर पौडेल, सहायक प्रिन्सिपल सुनिल चौधरी, शिक्षक÷शिक्षिकाहरु, प्राईमरी ईन्चार्ज लगायतले बालबालिकाहरुलाई पुजा गरेका थिए ।





