भकुण्डे/नमोबुद्ध नगरपालिकाको मुटुमा रहेको भकुण्डेमा भकुण्डेबेंसी सुविधा सम्पन्न तालिम केन्द्र तथा कुटुम्ब रिर्सोट शुरु भएको छ ।
तालिम केन्द्रको उद्घाटन नगर प्रमुख टिपि शर्माले गरेका थिए । नगरमा सुविधा सम्पन्न आवास सहितको तालिम केन्द्र स्थापना गरेकोमा सञ्चालकलाई धन्यबाद दिएका थिए । उपत्यका बाट नजिकै विपि राजमार्गको मध्य भागमा पर्ने उक्त नगरमा विभिन्न सघं सस्थाहरुलाई कार्यक्रम गर्न र सेवा सुविधा सहित सर्भिस प्रदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा नगरमा नै पहिलो रिसोर्ट सहितको पहिलो आवासिय तालिमकेन्द्र रहेको जनाएको थियो /





