उपेन्द्र अधिकारी/भकुण्डे
मकालु बचत तथा ऋण सहकारी संस्था.लिले नयाँ ब्यबस्थापनमा बुधबार बाट कारोबार शुरु गरेको छ ।
संस्थाको नयाँ कार्यालय नगर प्रमुख टि.पि शर्माले उद्घाटन गरेका थिए । कार्यलय उद्घाटन गर्दे शर्माले नगरको सहकारी ऐन अनुसार सहकारीहरु सञ्चालन गर्नु पर्ने बताएका थिए । सहकारीहरु हेर्ने सरकार भनेको स्थानिय सरकार भएकाले स्थानिय सरकारको कानुन अनुसार सञ्चालन गर्नु पर्नेमा जोड दिए । सहकारीहरुले आर्थिक कारोबार मात्र नभई कृषि क्षेत्रमा समेत लगानि गर्न र सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए । नगरपालिका र सहकारीहरु मिलि नगरका जनताहरुलाई समृद्धि बनाउन सगै लाग्नु पर्ने बताए । कार्यक्रममा संस्थाको कारोबार २ करोड ६० लाख र शेयर सदस्य ७ सय ४० रहेका संस्थाका अध्यक्ष नवराज अधिकारीले कार्यक्रममा जानकारी दिएका थिए । कार्यक्रममा अध्यक्ष अधिकारीले सस्थाले सदस्यहरुलाई थप सुबिधा दिई नयाँ कारोबार सुरु गरेको बताएका थिए ।





