2026 April 17/ 11:08: 36am

बनेपा/काभ्रेमा भएका विभिन्न नगर र गाउँपालिकामा भएका इसाई धर्मालम्वीहरूले येशूको पुनरुत्थान भएको दिनको सम्झना स्वरुप इस्टर सण्डे भव्यरुपमा हर्षउल्लासका साथ मनाएका छन् । प्रभु येशू ख्रीष्टको बौरी उठाई भएको दिन अर्थात पुनरुत्थान दिवस (इष्टर सण्डे)का अवसरमा काभ्रेली इसाई एकता संगतिद्वारा आयोजित र बनेपा, पनौती र धुलिखेल नगर इसाई समन्वय समितिको सह–आयोजनामा पुनरुत्थान महोत्सव मोटरसाइकल ¥याली, प्रार्थना तथा इस्टर सेवा सम्पन्न भएको छ । 
आयोजक समितिका अध्यक्ष तथा कार्यक्रमका संयोजक पा.केशब ब.राना मगरको संयोजकत्वमा मोटर साइकल ¥यालीको आयोजना गरिएको थियो । काभ्रेको साँगाबाट शुरु भएको ¥याली बनेपा हुँदै पनौती खेलमैदानमा समापन भएको थियो । पा.दिलिप रम्तेलले सञ्चालन गर्नुभएको प्रार्थना सभामा पा.परिच्छेद शर्माले वचनको सेवा मार्फत “येशू मरेकोबाट जिवित भै बौरी उठ्नु भएको छ । येशू ख्रीष्ट आज पनि जिवित हुनुहुन्छ । येशूसँग नै मरण र जीवनको अधिकार छ ।” भनी सबैलाई उत्साह दिएका थिए । त्यसलगत्तै पनौतीबाट गीत भजन गाउँदै बनेपा पुरानो बजार हुँदै लायकु क्लबको खेलमैदानमा गएर दोस्रो प्रार्थना सभा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संचालन पा.रामचन्द्र विसुन्केले गरेका थिए भने पा. एन पी. प्रधानले वचनको सेवकाई गरेका थिए । त्यसैगरी पा.रुवेन रानाले बनेपा नगर र यहाँका सबै क्षेत्र प्रगति र विकासको निम्ति प्रार्थना गरेका थिए । पास्टर रुवेन रानाले जिल्लाका सबै पक्ष, शक्ति, कार्यालय, नगरपालिका, गाउँपालिका, प्रशासन, स्कूलकलेज, अस्पताल, प्रहरी, कारागार लगाएत सबैलाई प्रार्थना गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको उद्घोषक पास्टर राजन परियारले चर्च र पाष्टर अगुवा, बाइक चालक, खेल मैदान समति, ट्राफिक प्रहरी प्रशासन, आयोजक तथा सहआयोजक, क्यामेराम्यान, मिडिया पार्टनर, स्वंयसेवक लगाएत उपस्थित सबैलाई धन्यवाद दिएका थिए । 
¥यालीमा १२५ बाइकहरु, चारवटा साना गाडी, मिनि ट्रक र कार्यक्रम स्थलमा गरी ३५० जनाको सहभागीता रहेको सो उक्त कार्यक्रमको अन्त्यमा सभाको विसर्जन, अन्तिम र आशिषको प्रार्थना गरी कार्यक्रम सम्पन्न भएको जानकारी समयकुमार रम्तेलले दिए ।