बनेपा/नोबेल बचत तथा ऋण सहकारी संस्था लि.को १० औ बार्षिक उत्सबको अबसरमा बनेपा ९ स्थित नयाँबस्तीमा रहेको रोफेका नवजीवन चर्चमा रहेका जेष्ठ तथा बृद्ध बृद्धाहरुलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चर्चमा रहेका बृद्ध बृद्धाहरुलाई दोसल्ला, खाद्यान्न, मिठाई, फलफुल लगायतका सामानहरु वितरण गरिएको थियो । कार्यक्रममा संस्थाका सल्हाहकार रमेश हुमागाईले सस्थाको सामाजिक कार्य अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको बताएका थिए । बृद्धबृद्धाहरुलाई सम्मान गरियो भने जुन धर्म माने पनि त्यो भन्दा अरु ठुलो धर्म नहुने भन्दै हुमागाईले सहकारीमा सबै जातजाति र धर्म मान्ने सदस्य भएकाले चर्चमा रहेका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले संस्थाको उदेश्य नै सेवा भएका भएकाले आर्थिक कारोबार मात्र नभई सामाजिक कार्य पनि संस्थाको दायित्व भएकोले आगामि दिनमा थप सामाजिक कार्यहरु गर्दे जाने बताएका थिए ।
चर्चका सञ्चालक नारायण प्रधानले विभिन्न संघ संस्थाहरुले बृद्ध बृद्धाहरुलाई सम्मान गर्न आउँदा थप हौसला मिल्ले बताएका थिए । कार्यक्रममा सस्थाको गतिबिधीको बारेमा प्रबन्धकले संस्थाको २०७५ चैत सम्मको कुल कारेबार १३ करोड र शेयर पुजीं १ करोड ९० लाख रहेको बताएका थिए । कार्यक्रममा सस्थाका पदाधिकारीहरु, कर्मचारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।





