बनेपा/विधुत दुर्घटना बाट बच्न सचेत रहौ, सम्बृद्धिको लागी विधुतको सदुपयोग गरौ, सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बचौं, नगरौ चोरीको धन्दा, परिएला कानुनको फन्दा भन्ने नारा सहित नेपाल विधुत प्राधिकरण काभ्रे वितरण शाखाले विधुतबाट हुने दुर्घटना सुरक्षित हुने प्लेकार्ड सहित प्रभात फेरी गरेको छ ।
वितरण शाखा प्रमुख रञ्जनराज गुरुङ्गको नेतृत्वमा गरिएको प्रभात फेरीमा कर्मचारी, नोलाईट शाखा, विधुत सम्बन्धी काम गर्ने सस्था लगायतको सहभागीता रहेको थियो । प्रभातफेरी पछि कार्यालयमा विधुत सुरक्षा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । अन्तक्रिया कार्यक्रममा पहिला विधुत प्राधिकरणबाट सुधार गरि समुदायलाई बुझाउनु पर्ने बताएका थिए । प्राधिकरणका पुराना काठका पोलहरु, पोलको अभावमा टाढा टाढा पोल गाडी तार झोलिएको, स्थानीय स्तरमा प्राधिकरणसँग समन्वय नगरी सडक खनेर पोल अब्यबस्थीत बनाएका कारणले धेरै जोखीम रहेको बताएका थिए । ८०–९० रुपैया तिर्नको लोभमा विधुत चोर्दा दुर्घटना बढेको, विधुतको काम गर्दा पर्याप्त सुरक्षा सामग्री नपनाएका कारणले दुर्घटना बढेको बताएका थिए । अन्र्तक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै शाखा प्रमुख गुरुङ्गले पहिला सबै नागरीक विधुत प्रयोग गर्दा सचेत रहनु पर्ने बताए । त्यस पछि मात्र समुदायमा विधुत सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम गर्नु पर्ने बताएका थिए ।
‘प्राधिकरणले गर्नु पर्ने कार्य गरि रहेको छ, विधुतको लोड घटाउन चार ठाउँमा नो–लाईट राख्न लागीएको, स्थानीय जनप्रतिनिधी, विधुत प्रधिकरण, समुदाय मिलि बिधुत चुहावट र विधुत प्राधिकरणको सबै ठाउँमा ध्यान नपुगेको ठाँउमा स्थानीय समुदायले खबर गरी सहयोग गर्नुस’–प्रमुख गुरुङ्गले बताए । कार्यक्रममा आफ्नो कार्य क्षेत्रमा विधुतिय सुरक्षा उपकरणको प्रयोग एवं सुरक्षा नियमको पालना गरेर मात्र कार्य गर्ने छु, सुरक्षाका लागी सावधान रही कर्तब्य पालना गर्नेछु र अरुलाई पनि बिधुतको काम सुरक्षीत रहि गर्न उत्प्रेरित गर्नेछु भन्ने कर्मचारीहरुलाई विधुतिय सुरक्षा सपथ खुवाएको थियो । विधुत सुरक्षा लगाएत कार्यहरु दिवसका दिनमा मात्र नभई अन्य दिनमा पनि जनप्रतिनिधि मार्फत स्थानीय तहसम्मै लानुपर्ने सहायक लेखापाल हुईन्द्र राना मगरले बताएका थिए ।





