बनेपा/डिस्कभरी मण्टेश्वरी विद्यालयको तेस्रो दीक्षान्त समारोह ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
दीक्षान्त समारोहमा बोल्दै बैद्यले स–साना बालबालिकाहरुलाई विद्यालयले राम्रो संस्कार र अनुसाशित बनाउनु पर्ने बताए । बालबालिकाहरुको उमेर अनुसारको शिक्षा दिए पछि बालबालिकाहरलाई शिक्षा भन्दा पनि संस्कार सस्कृतिका बारेमा सिकाउनु पर्ने बताएका थिए । कार्यक्रममा विद्यालयको गतिबिधीका बारेमा प्रिन्सिपल रेमु खड्काले राखेकी थिईन् । विद्यालयमा शैक्षिक सत्र २०७५ मा १ सय ४ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको प्रिन्सिपल खड्काले बताएकी थिईन् । विद्यालयमा पारिवारीक तथा मण्टेश्वरी प्रबिधिबाट सञ्चालन गरिरहेको समेत बताएकी थिईन् । कार्यक्रममा स्वागत मन्तब्य शिक्षिका संगिता तिमल्सिनाले राखेकी थिईन् भने कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष आत्माराम थापाले गरेका थिए । कार्यक्रम संञ्चालन शिक्षिका रोजीना महर्जनले गरेकी थिईन् ।





