बनेपा/न्यौपाने बन्धु समाज काभ्रेपलाञ्चोकको साधारण सभा तथा जिल्ला अधिबेशन शुक्रबार बनेपामा केन्द्रिय अध्यक्ष बलराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष बलराम न्यौपानले मुलुकको समग्र हितका लागि नेपालमा भएका सबै समुदायहरुको एकता आवश्यक रहेको बताउँदै न्यौपानेहरुको समाजले बंशावलीको पहिचान र बन्धुहरुबीचको भातृत्वलाई अझै सुदृढ बनाउन सक्ने बताए । जिल्ला अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष बामनप्रसाद न्यौपाने, सह अध्यक्ष गुरुप्रसाद न्यौपाने, महासचिव नारायणप्रसाद न्यौपाने, केन्द्रिय सदस्यहरु, जिल्लाका सल्लाहकारहरु लगायतले बंशावलीको रक्षाका लागि न्यौपानेहरुको समाजलाई सुदृढिकरण गर्दै लैजानु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, न्यौपाने समाजका बुद्धिकृष्ण न्यौपाने लगायतले मन्तब्य राखेका थिए । सभामा सचिव रमेशप्रसाद न्यौपानेको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष देवनारायण न्यौपानेको लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । उपाध्यक्ष दधिराम न्यौपानेको स्वागत मन्तब्य र रामहरी न्यौपानेका संचालनमा सम्पन्न सभाको बन्द सत्रले नयाँ समिति चयन गरेको छ ।
सभाको बन्द सत्रले रमेश न्यौपानेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्षमा दधिराम न्यौपाने, सचिवमा विनोद न्यौपाने र कोषाध्यक्षमा शान्ता न्यौपाने निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुर्यप्रसाद न्यौपाने, भीमसेन न्यौपाने, सुदर्शन न्यौपाने, राजेन्द्र न्यौपाने, सन्जीव न्यौपाने, सुशीला न्यौपाने र भगवती न्यौपाने निर्वाचित भएका छन् । सोहि अवसरमा न्यौपानेहरुको पहिलो बोखिम, गोगने र काभ्रेको मण्डन देउपुर क्षेत्रका हाँगाविगालाई समेटेर र दोश्रो काभ्रेको धुँवाकोट, फुलबारी, पाँचखाल क्षेत्रका न्यौपानेहरुलाई समेटेर वंशावली तयारी गरी सार्वजनिक गरिएको छ । अधिवेशनले न्यौपाने बन्धुहरुको हकहितका लागि अक्षयकोष स्थापना गर्ने, वंशावली संकलनलाई अगाडि बढाउने लगायतका निर्णय गरेको छ । अक्षय कोषका लागि विभिन्न व्यक्तित्वहरुले आर्थिक सहयोगको घोषणासमेत गरेका छन् । जसमा केन्द्रीय अध्यक्ष बलराम न्यौपानेले १० हजार, निवर्तमान जिल्ला अध्यक्ष विनोदप्रसाद न्यौपानेले १० हजार, केन्द्रीय सहअध्यक्ष गुरुप्रसाद न्यौपानेले २५ हजार, वंशावली निर्माण समितिबाट १५ हजार, दधिराम न्यौपानेले १० हजार, प्रदेश संयोजक विष्णु न्यौपानेबाट १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो ।





