बनेपा/अर्किड ईन्टरनेशनल एकेडेमी विद्यालय बनेपाको ९ औ अभिभावक दिवस तथा दीक्षान्त समारोह प्रदेश सभा सांसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद हुमागाईले बालबालिकाहरुको लागी पढाई सँगसगै अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने बताए । विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पुरा नहुने हुदाँ परिवार सचेत भई आफ्नो नानी बाबुहरु कुन अबस्थामा कता जादै छन् पहिचान गर्नु पर्ने उनले बताए । विद्यार्थीहरुको भावना अनुसार ब्यबहारीक र समय अनुसारको शिक्षा दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल अनिता प्रजापतीले जापनिज तथा मण्टेश्वरी माध्यमबाट २०६६ सालमा ६ जना विद्यार्थीहरुबाट शुरु गरिएको बताएकी थिईन् । विद्यार्थीहरुको चौतर्फी विकासका लागी विद्यालयले कुनै कसुर नराख्ने बताईन् । विद्यालयमा प्ले गु्रपदेखी कक्षा ५ सम्म सञ्चालन भई शैक्षिक सत्र २०७५ मा २ सय विद्यार्थीहरुले अध्ययन गरिरेहका, विद्यालयमा समय समयमा अभिभावक भेला गरिएको, विद्यालर्थीहरुलाई विभिन्न होटल विद्यालय, संस्कृती र पहिचान झल्किने ठाँउमा अध्ययन अवलोकनका लागी लगिएको बताईन् । कार्यक्रममा बनेपा नगरपालिकका शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी, विद्यालयका संस्थापक सञ्चालक समिति अध्यक्ष पुकार कर्णजित लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा यु.केजीका ३० जना विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । दीक्षित विद्यार्थीहरुलाई प्रमुख अतिथी हुमागाईले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रोशन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।





