2026 April 17/ 11:08: 33am

      बनेपा∕साहित्यकार तथा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजूको नवीनतम कृति फूलैफूल नामक बाल कविता सङ्ग्रह  प्रकाशित भएको छ । 
    नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै, अक्षरमार्ग मार्फत साहित्यिक पत्रकारिता गर्दै आएका कवि सूर्यप्रसाद लाकोजूको बाल कविता सङ्ग्रह विधागत दृष्टिले तेस्रो बाल कविता सङ्ग्रह हो । बाल कविता सङ्ग्रहमा विभिन्न विषयमा रचिएका कविताहरू सङ्ग्रहित छन् । आकर्षक रेखा चित्रहरूले बालबालिकाको मनलाई सजिलै आकर्षित गर्न सक्ने खालका छन् । राष्ट्रप्रेम, पितृभक्ति, प्रकृतिप्रेम, सामाजिक मेलमिलाप, संस्कृतिको महत्व झल्काउने विभिन्न विषयहरूमा रचिएका कविताहरूले बालबालिकाहरूलाई देशभक्ति, नैतिकता, सामाजिक मूल्य र मान्यताको सन्देश दिएको छ । कवि लाकोजूका हालसम्म तीनवटा मुक्तकसङ्ग्रह, चारवटा कवितासङ्ग्रह, पाँचवटा प्रवन्धात्मक पुस्तक, दुईवटा हाइकुसङ्ग्रह, एउटा गीतसङ्ग्रह, बालसाहित्यका चारवटा पुस्तकहरू प्रकाशित छन् ।