पनौती/सिन्धु विकास बैङ्कको १४ औं शाखा पनौती नगरपालिकामा शुभारम्भ भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैङकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीबाट उक्त बैङक शाखाको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा डेपुटी गर्भनर शिवाकोटीले बैङकहरु ग्रामीण भेगमा पुग्नु भनेकै विकासको संकेत भएको बताए । सरकारले कृषि, महिला उद्यमशिलता, दलित, बैदेशिक रोजगारबाट फर्किएका, भूकम्प पीडित, शैक्षिक बेरोजार कर्जा, उच्च शिक्षा कर्जामा निश्चित रकममा विना धितो लगानी गरिरहेको बताए । कार्यक्रममा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले बैङ्कहरुले कृषि र पशुपालन तथा उद्योग कलकारखनामा लगानी बढाउनुपर्ने बताए । पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले बैङकहरुले लिदै आएको ब्याज बढ्दा उद्योग व्यवसायी मर्कामा पदै गएको बताए ।
सिन्धु विकास बैङ्कका अध्यक्ष राजेन्द्र श्रेष्ठले काभे्र, सिन्धुपालञ्चोक, दोलखा कार्यक्षेत्र रहेको यस बैङकले मकानपुर र चितवनमा पनि शाखा खोल्ने तयारी गरिरहेको जानकारी दिए । सिन्धुपालञ्चोकमा केन्द्रिय कार्यालय रहेको बैङकको चुक्ता पुँजी ५० करोड रहेको छ । ७५ हजार ग्राहक रहेको उक्त बैङकले एक हजार २०८ लाई रोजगार दिदै आएको छ ।





