बेथान्चोक/राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, बेथानचोक गाउँपालिका, शिरमेमोरियल अस्पताल बनेपा, रेयुकाई एईको मासुनागा आँखा अस्पतालको आयोजना एवं नेपाली सेना विष्णु दल गण, धुलिखेलको संयोजकत्वमा एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ ।
१ दिने निःशुल्क शिविरमा सामान्य स्वास्थ्य परीक्षण, मुटुरोग परीक्षण, स्त्रीरोग परीक्षण तथा आँखा परीक्षण गरिएको थियो । शिविरको ब्यवस्थापन तथा निःशुल्क चस्मा विन्धवासिनी साकोसले वितरण गरेको थियो । मोतियाविन्दुका विरामीहरुको अप्रेशनका लागि बेथानचोक गाउँपालिका र अस्पतालसम्म अप्रेशनका लागि विरामी ल्याउने लैजाने खर्च समेत बिन्धवासिनी साकोसले ब्यहोर्ने भएको छ । त्यस्तै मुटुरोग तथा सामान्य स्वास्थ्य परीक्षण नेपाली सेना विष्णुदल गणले गरेको थियो । स्त्री रोग सम्वन्धि एवं आँखा सम्वन्धी प्राविधिक तथा आवश्यक औषधीहरुको व्यवस्थापन शिरमेमोरियल अस्पताल एवं रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले गरेको थियो । बेथान्चोक गाउँपालिकाका अधिकांश वडाका नागरिकहरुले सहयोग गरेका थिए ।





