2026 April 17/ 09:53: 04am

    पनौती/पनौती जेसीजले नगर भित्रका विभिन्न सामाजिक क्षेत्रमा लागेका उत्कृष्ट महिलाहरुलाई सम्मान गरेको छ ।
    सम्मान कार्यक्रममा प्रदेश नं.३ की समानुपातिक सांसद कल्पना नेपालीले महिलाहरु भित्र रहेको कमिकमजोरी पहिल्याएर अगाडी बढेमा सफल भईने बताईन् । ‘पुरुष र महिलालाई अधिकार उति नै भएपनि महिला समानता खोज्ने होईन लिने हो’–नेपालीले भनिन् –‘समाज परिर्वतन गर्न महिलाको ठुलो भूमिका हुने भएकाले हामिले हाम्रो सन्तानलाई कस्तो संस्कार दिने हो महिलाको हातमा हुने र समाज कस्तो बनाउने   महिलाकै हातमा रहेको छ ।’ कार्यक्रममा विशेष सम्मान सामाजिक संस्थामा सक्रिय ७५ वर्षिया मच्छेमाया जगंम, शिक्षा सेबी डा.अम्भु भवानी कार्की, पनौती कम्युनिटी होम स्टेकी अध्यक्ष शिला अमात्य, मिराकल किन्डर गार्टेनकी प्रिन्सिपल सुनिता ताम्राकार, पुण्य माविकी शिक्ष्ािका सरस्वती कँडेललाई सम्मान गरिएको थियो ।
    त्यसैगरी सम्मान गरिने महिलाहरुमा जयन्ती हुमागाई, सहकारीकर्मीहरु योगमाया आचार्य, सानुमाया कट्टेल, समाजसेवीहरु रेश्मा थापा, सुनि लामा, मनिषा श्रेष्ठ, उर्मिला श्रेष्ठ, ललिता कर्माचार्य, जमुना पसंछे, रमा फाछिं श्रेष्ठ र सरिता अधिकारीलाई सामाजिक सेवा गरे बापत सम्मान गरिएको पनौती जेसिज बर्ष २०१९ का महासचिव अनिश बोलखेले जानकारी दिए । कार्यक्रममा जेसीजले वर्ष २०१९ भरि नै बिभिन्न सामाजिक कार्यहरु गरिरहने बताएको थियो । कार्यक्रममा काभ्रे मिनिबस सेवा समितीका अध्यक्ष राजेश सुन्दर सैजु, पनौती जेसीजको पूर्व अध्यक्ष सुरेश सैजू, सम्मानित महिला सरस्वती कँडेल र शिला अमात्य लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । जेसीजले सामाजिक अभियानमा निरन्तर सेवा गर्ने अध्यक्ष तामाङले बताए । फागु पूर्णिमाको अवसरमा जेसीजले वनभोज कार्यक्रमको आयोजना गरेको थियो ।