धुलिखेल/नेपाल लेखापढी कानून ब्यवसायी एसोसिएसन काभ्रेको १३ औ बार्षिक साधारण सभा केन्द्रिय अध्यक्ष सिताराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष दाहालले लेखापढी ब्यवसायीहरुलाई राज्यले दोश्रो दर्जाको नागरिकको ब्यवहार गरेकाले तत्काल सच्याउन आग्रह गरे । प्रविधिमैत्री बनाउने नाममा ब्यवसायीहरुको रोजीरोटी खोस्ने गरी सरकारले ल्याएको कानुनहरु तत्काल संशोधन गरी निर्वाध पेशा ब्यवसाय गर्न सहज बनाउन आग्रह गरे । मालपोत तथा नापी कार्यालयबाट हुने ढिलासुस्ति र अनियमिततामा समेत लेखापढी ब्यवसायीहरुको नाम मुछेर पेशालाई बद्नाम बनाउने प्रयास भएको भन्दै स्वच्छ भएर ब्यवसाय गर्ने वातावरण बनाउन आग्रह गरे । अध्यक्ष रोशन श्रेष्ठले जिल्लामा रहेका ब्यवसायीहरुको क्षमता विकास तथा एकताका लागि विभिन्न रचनात्मक कृयाकलाप गरिरहेको बताए ।
कार्यक्रममा केन्द्रिय तहका नेताहरु, प्रदेश तहका नेताहरु, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, पत्रकार नवराज बजगाई, नेपाल बार एशोसिएसनका सदस्य दिनेशकाजी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । जिल्लाका लेखापढी ब्यवसायीहरुको संगठनले हरेक वर्ष रचनात्मक कृयाकलाप गर्दै आईरहेको छ ।





