बनेपा/जिल्लाको मण्डन देउपुर तथा सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा सेवा दिदै आएको हेलम्बु यातायात सेवा समिति बनेपाको २२ औ बार्षिक साधारण सभाले पुनः राजेशकुमार श्रेष्ठको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्ष श्यामकुमार श्रेष्ठ ‘मण्डन’। उपाध्यक्ष पुरुषोतम मानन्धर, सचिव विलबहादुर श्रेष्ठ ‘रमेश’, कोषाध्यक्ष बुद्धिदास श्रेष्ठ, सह सचिव पदमबहादुर श्रेष्ठ, सह कोषाध्यक्ष सुरेशभक्त भोक्षिभोया निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा तेजबहादुर वानियाँ, खड्गबहादुर श्रेष्ठ, केदारनाथ महाजु, सहदेव कर्माचार्य, राजेशकुमार श्रेष्ठ र सन्देश बैद्य निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई नेपाल यातायात राष्ट्रिय ब्ययवसायी महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले टिका खादा मार्फत बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल यातायात राष्ट्रिय ब्ययवसायी महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यता रहेको थियो । समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, यातायात क्षेत्रका नेताहरु विजय स्वाँर, दिपक अधिकारी, सरोज सिटौला, जितबहादुर भारती, केदार क्षेत्री, यमकुमार शाही, प्रेम लामा, वर्ण शाक्य, श्याम लामा, आत्मराम थापा, गोर्बधन कर्माचार्य, श्यामकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
सभामा सचिव विलबहादुर श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बुद्धिदास श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्वत पास भएको कार्यालय प्रमुख मिलन श्रेष्ठले जानकारी दिए ।





