2026 April 18/ 06:22: 36am

    बनेपा/एन सि सि एफ को आयोजना र बनेपा नगरपालिका वडा नं. ९ को समन्वयमा एक दिने निशुल्क पाठेघर तथा स्तन क्यान्सर निदान र रोकथाम सबन्धी प्रारम्भिक परिक्षण गरिएको छ ।
    शिबिर कार्यक्रममा नगरपालिका तथा वडाका महिला समेत गरी ३ सय १२ जनाको परिक्षण गरिएको वडा सचीब विशाल विक्रम कायस्थले जानकारी दिएका छन् । शिबिरमा ६ जना महिलाहरुको अप्रेशन गर्नुपर्ने देखीएकोले उनिहरुको निशुल्क अप्रेशन गर्ने शिबिरमा रहेका डाक्टरले जानकारी दिएका छन् । वडाले आगामी दिनमा स्वास्थ्य, शिक्षा र विकासका कामहरुलाई तिब्रता दिने वडा अध्यक्ष शेर बहादुर सुवालले जानकारी दिए । वडामा रहेका सम्पुर्ण जनताको सेवक भएकाले विभिन्न कार्यक्रमहरु गर्दे जाने वडा अध्यक्ष सुवालले बताए ।  महिलाहरुमा लाग्ने क्यान्सर रोग मध्ये पाठेघरको मुखको क्यान्सर प्रथम स्थानमा रहेको र  स्तन क्यान्सर दोश्रो स्थानमा पाईएकाले शिबिरमा आएका महिलाहरुलाई बेला बेलामा स्वास्थ्य परिक्षण गर्न सुझाब दिएका थिए ।