पनौतीमा अन्र्तक्रिया र -याली
पनाती/१०९ औ अन्तराष्ट्रिय महिला दिबसको अबसरमा पनौती नगरपालिकाको आयोजनामा बृहत्त ¥याली, अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नगर प्रमुख भिम न्यौपानेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगरका १३ वटै वडाका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले ५१ प्रतिशत रहेको महिलाहरुलाई अहिलेको संविधानले पुर्णत अधिकारी दिएको बताएका थिए । कानुनको पालना चाँहि सहि तरिकाले उपयोग गरेमा कोहि पनि महिला दिदि बहिनीहरु हिंसामा नपर्ने बताए । आफु पनि जिम्बेवार बनेर कानुनका बारेमा थाहा नपाएका महिलाहरुलाई सिकाउनु पर्ने बताए । कानुनले कसैलाई पनि नचिन्ने भएकाले गल्ति गरिसके पछि थाहा भएन नमिल्ने भएकाले अहिलेको काननुनबारे सबैले जान्नु बुझ्नु पर्ने बताएका थिए । नगरपालिकाले महिलाहिसां न्युनिकरणकालागी आगामी थप कार्य, गोष्ठि, सचेतना लगाएतका कार्यहरु गर्ने बताएका थिए । कार्यक्रमकी विशेष अतिथी अनेमसंघघी केन्द्रिय सदस्य शर्मिला कार्कीले अहिलेको संविधानले महिलालाई ३३ प्रतिशत नभई ५० प्रतिशत अधिकार दिएको वताएकी थिईन् । हामि सबै महिलाहरुले उक्त सबिंधानको पालन गरी आफ्नो अधिकार लिनु पर्ने बताईन् । कोहि पनि महिला पुरुषबाट पिडित भई नबस्न आग्रह गरेकी थिईन् । निशुल्क अदालतमा मुद्धा दर्ता हुने भएकाले सहायता कक्षबाट सेवा लिन समेत आग्रह गरेकी थिईन् । कार्यक्रममा अनेमसघं क्रान्तिकारीकी केन्द्रिय सदस्य रिता ढकाल, शिक्षा सेबी डा.अम्भुभवानी कार्की, अन्तर महिला सञ्जाल काभ्रेकी अध्यक्ष शुभलक्ष्मी श्रेष्ठ, लगाएतका ब्यक्तिहरुले महिला हिसां, बलत्कार, यौनजन्य हिसां रोकथाम लगाएतका विषयमा सम्वन्धित निकायको ध्यानाकर्षण गराएका थिए । कार्यक्रम पनौती नगरपालिका महिला विकास शाखा प्रमुख राममाया श्रेष्ठले सञ्चालन गरेकी थिईन् भने कार्यक्रमको सभापतित्व नगर उपप्रमुख गिता बञ्जाराले गरेका थिईन् ।
बनेपामा संहिता कानुनका बारे जानकारी
बनेपा/लैङ्गिक समानताको लागी समानताको लागी समान सोच र ब्यबहारःसमृद्धिको आधार भन्ने मुल नाराका साथ १०९ औ अन्तराष्ट्रिय महीला दिवसको अबसरमा बनेपा नगरपालिकाकले अन्र्तक्रिया कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा पुर्व सभासद शिला कतिलाले महिलाहरुको आत्मबल नै ठुलो भएकाले आफु गर्न सक्छु भन्ने भए पछि कसैले पनि हेप्न नसक्ने बताईन् । कानुनले महिलाहरुलाई पुर्ण अधिकार दिएकाले अब हेपिएर होईन अधिकार प्रयोग गरी अगाडी बढ्नु पर्ने बताईन् । नारी एक्लैले पनि र पुरुष एक्लैले पनि केही गर्न नसक्ने भएकाले सबै मिली कानुनको पालना, महीला हिंसा रोकथाममा लाग्नु पर्ने बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलयका प्रमुख निरञ्जन भट्टराई र कानुन ब्यबसायी लालतारा अधिकारीले कानुनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल जेसजकी राष्ट्रिय उपाध्यक्ष रुकमणी सिग्देल, काभ्रे बार एशोसिएनकी पुर्व अध्यक्ष रामप्यारी नर्कर्मी, जिल्ला सहकारी सघं लि.की सञ्चालक सदस्य राधिका घिमिरे लगाएका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य बनेपा नगरपालिका कार्यपालिका सदस्य प्रमिला पाण्डेले राखेकी थिईन् भने सञ्चालन कार्यपालिका सदस्य ज्योती बोगटीले गरेकी थिईन् । कार्यक्रम बनेपा नगरपालिका उप प्रमुख रेखा दाहाल सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख सापकोटाले बनेपा नगरपालिकाले महिलाहरुको क्षमता अभिबृद्धी, सिपमुलक तालिम तथा हिंसा विरोधी अभियानमा कार्यक्रमहरु गरिरहेको बताईन् ।
धुलिखेलमा भब्य सांस्कृतिक कार्यक्रम
धुलिखेल/लैङ्गिक समानताको लागी समानताको लागी समान सोच र ब्यबहारःसमृद्धिको आधार भन्ने मुल नाराका साथ १०९ औ अन्तराष्ट्रिय महिला दिवस विबिध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
कार्यक्रम नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ब्यान्जुले नारी शक्तिशाली भएकाले नारीको भुमिका महत्वपूर्ण भएको बताए । नेपालको संविधानले महिलालाई पुर्ण अधिकार सहितको कानुन दिएकाले पालना गर्नुपर्ने बताए । कानुन अनुसारै तिनै तहको सरकारमा महिला सहभागिता बढेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । महिलालाई आरक्षण मात्रै होईन क्षमताका आधारमा पनि गर्न सक्छन् भन्ने उदारहण हाम्रै राष्ट्रपतिलाई हेरे पुग्ने नगर प्रमुख ब्याञ्जुले बताए । राष्ट्रपति महिलाको आरक्षणले भएको हो र होईन उहाँको क्षमताले गर्दा हुनुभएको हो ब्यान्जुले भने ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धुलिखेलकी महिल सेल प्रमुख सिता श्रेष्ठले कानुन र महिला अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा धुलिखेल नगरपालिका ११ नं. वडाका वडा अध्यक्ष विष्णु धिताल, धुलिखेल उद्योग वाणिज्य सघंका अध्यक्ष मञ्जुकुमार कोजू, महिला शक्ति विकास केन्द्र नेपालकी अध्यक्ष विना बस्नेत होटल एशोसिएसन काभ्रेकी सचिब ज्योत्सना सैजू लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नगरका विभिन्न विधाका महिलाहरुलाई तथा महिलाद्धारा सञ्चालित सस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा महीला दिदिबहिनीहरुले विभिन्न सास्कृतिक कार्यक्रम गरेका थिए । कार्यक्रम धुलिखेल नगरपालिका उपप्रमुल विमला शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
१३ तहमै कार्यक्रम
जिल्ला स्थित स्थानीय सरकारहरुले अधिकाशंले नारी दिवस कार्यक्रम सम्पन्न भएका छन् । विभिन्न कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नारीहरुका अधिकारहरुका बारेमा छलफल भएको छ । नमोबुद्ध नगरपालिकामा पनि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।





