2026 April 18/ 06:17: 31am

    बनेपा/बनेपा नगरपालिकाले करिडोर निमार्ण गर्नको लागी धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको सिमाबाट पुण्यमाता खोलाको सिमाकंन शुरु गरेको छ ।
    नगरका प्रमुख लक्ष्मी नरसिं बादेले शुरुमा खोलको सिमकंन छुट्याउने र त्यस पछि खोलाको दायाँ बायाँ १५ मिटरको करिडोर निमार्ण गर्न लागीएको बताए । २०३० सालमा गरेको नापी अनुसार अहिले डिजिटलाईज तरिकाले सिमाकंन छुट्याउन लागीएको बताएका थिए । सहरको बढ्दो चापलाई करिडोर निमार्णले सहयोग गर्ने, करिडोरमा गार्डेन निमार्ण लगाएतका कार्य गरी नगरलाई सफा सुन्दर अभियानमा लगिन लागेको बताए । करिडोर सिंमाकंन समितीका संयोजक तथा वडा नं ११ का वडा अध्यक्ष शिब कुमार थापाले सिमाकंनमा सबै स्थानिय उपभोक्ताहरुले सहयोग गर्न आग्रह गरेका थिए ।
    उक्त शुभारम्भ कार्यमा उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, वडा अध्यक्षहरु लगाएतको उपस्थीति रहेको थियो ।