2026 April 18/ 06:17: 04am

    पनौती/पनौती मेन्टल हेल्थ हाफ म्याराथुन प्रतियोगिता अन्तर्गत महिला तर्फ २१ किलोमिटर दौडमा प्रिया तामाङ भई २० हजार रुपैया नगद हात पारेकी छन् ।
    प्रतियोगितमा दोस्रो लक्ष्मी तामाङ र तेस्रोको उपाधि मखमली वाइवाले हात पारेकी थिईन । २१ किलोमिटर पुरुषतर्फ सुमन कुलुङ प्रथम भएका थिए । पुरुषतर्फ दोस्रोको उपाधि महेश जोशी र तेस्रोको उपाधि सुवाष कार्कीले हात पारेका छन् । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मनोस्पन्दन नेपालले काभ्रे जिल्लाको पनौती नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । फिजिकल हेल्थको मात्र धेरै चर्चा भैरहेको बेला आम सर्वसाधारणलाई मानसिक स्वास्थ्यको बारेमा जनचेतना जगाउन यो प्रतियोगिता आयोजना गरेको हो ।
    काठमाडौंको विजुली बजारमा रहेको मनोस्पन्दन नेपालले पनौती ४ टौखाल स्थित श्री अम्बिका बाल विकास आधारभुत विद्यालय प्राङ्गणबाट प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा २१ किलोमिटर दौडमा १६ वर्ष माथिकाले मात्र भाग लिन पाउने छन् । २१ किलोमिटरको रुट अम्बिका बालविकास आधारभुत विद्यालय चौर  बाट पनौती बसपार्क, बासडोल, चामखर्क, कुशादेखि, देउराली भञ्जाङ हुदै मल्पी बाट बसपार्क हुदै अम्बिका बालविकास आधारभुत विद्यालय चौरमै आई टुङ्गिने छ । अर्को ५ किलोमिटर म्याराथुन दौडको खुल्लामा भने पुरुष तर्फ निरज अधिकारी प्रथम भए भने महिला तर्फ अनिषा गुरुङ प्रथम भईन । ५ किलोमिटर दौडको रुट विद्यालय प्राङ्गण बाट पनौती बसपर्क हुदै ज्यालाचिटि बाट पुन विद्यालय प्राङ्गण आएपछि टुङ्गिएको थियो । यो प्रतियोगिताको खुल्ला तर्फ प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले आठ÷आठ हजार नगद पुरस्कार पाएका थिए । प्रतियोगिता संयोजक अनिल थापाले जानकारी दिए  विद्यार्थितर्फ  ५ किलोमिटर दौडमा छात्रातर्फ अस्मिता श्रेष्ठ प्रथम भईन भने छात्रतर्फ सन्तोषनाथ योगि प्रथम भए ।  प्रथम हुने छात्रा र छात्रले सात÷सात हजार नगद पुरस्कार पाएका थिए ।  
    प्रतियोगिताको मुख्य उदेश्य मानिसिक स्वास्थ्य बारे जनचेतना जगाउनु रहेपनि यो प्रतियोगिताले पनौतमिा पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने आयोजकको दाबी छ । पनौति नगरपालिका प्रकृतिक सुन्दरताले भरिपुर्ण भएपनि ओझेलमा परेको छ ।