2026 April 18/ 06:20: 40am

    पनौती/जिल्लाको सबैभन्दा धेरै सेवा केन्द्र भएको तथा एशियाली स्तरमै उत्कृष्ट छवि बनाउन सफल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले तीन दिने प्रभावकारी भाषणकला तथा उद्घोषण तालिम सम्पन्न गरेको छ ।
    संस्थाका सञ्चालक समिति, विभागीय प्रमुख, सेवाकेन्द्र प्रमुख लगायतका कर्मचारीहरुलाई लक्षित तालिममा कान्तिपुर एफएमका प्रस्तोता चर्चित सञ्चारकर्मी शुभराज अधिकारीले सहजीकरण गरेका थिए ।
    तालिमको समापन गर्दै संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले संस्थाका सञ्चालक, कर्मचारी तथा सदस्यको क्षमता अभिवृद्धिका लागि संस्थाले वर्षै भर विभिन्न प्रकारका गतिविधि गर्दै आएको र गर्दै जाने बताउँदै आर्जित सीप उत्पादनमूलक क्षेत्रमा लगाउन सहभागीहरुलाई आग्रह गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले आफूमा निहित क्षमतालाई प्रभावकारी रुपमा प्रस्तुत गर्न तथा आफ्ना शेयर सदस्य एवं सहकारीप्रेमीमाझ सामुदायिकको सन्देश प्रवाह गर्न तालिम फलदायी हुनेमा विश्वास व्यक्त गरे ।