बनेपा/अरनिको यातायात सेवा समितिको फागुन १५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको बनभोज, बद्याई तथा शुभकामना र चण्डेश्वरी मन्दिरमा क्षमा पूजा सम्पन्न भएको छ ।
निर्वाचित पदाधिकारीहरुलाई नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायतले बधाई र शुभकामना दिएका थिए । निर्वाचनबाट चित्रबहादुर कुँवरले २ सय ३१ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रत्यासी उद्धव गौतमले १ सय २९ र केशव भारतीले १ सय २७ मत प्राप्त गरेका थिए । बरिष्ठ उपाध्यक्षमा नृपध्वज महत, हरिभक्त श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, निर्वाचित भए भने उपाध्यक्ष क्षेत्र नम्वर १ का लागि दिलबहादुर श्रेष्ठ (कुमार), क्षेत्र नम्वर २ का लागिग जीवन खड्का र क्षेत्र नम्वर ३ का लागि कृष्णबहादुर पन्थ निर्वाचिथ भएका छन् । सचिव राजकुमार बस्नेत, कोषाध्यक्ष ई.राम भारती, सह सचिव राजु पौड्याल, सह कोषाध्यक्ष विकासकाजी श्रेष्ठ, कृष्णभत्त त्वना उप सचिव निर्विरोध भएका छन् ।
त्यस्तै दिपकराज कार्की, दिनेशकुमार श्रेष्ठ, नारयणदेव कुँवर, नारायणप्रसाद न्यौपाने, श्रीमती पम्फा शिवभक्ति, बद्रिनाथ थापा र सानुबाबु बरिया(पाजु) निर्वाचित भएका छन् । अध्यक्ष चित्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्षहरु, महासचिव लगायतका पदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, रु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, जिल्लामा रहेका विभिन्न यातायात सेवा समितिका अध्यक्ष एवं प्रतिनिधिहरु लगायतले निर्वाचित टिमले नागरिकहरुको सेवाका लागि विशेष ध्यान दिनु पर्ने बताए ।





