2026 April 17/ 08:40: 18am

    पाँचखाल/पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा २००२ सालमा भाषा पाठशालाको रुपमा स्थापना भएको जोरपाटी माविको भुकम्पबाट क्षति भएको भवन पुन निर्माण हुने भएको छ । 
    प्रदेश नं ३ का सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यमा विद्यालयको भवन शिल्यान्यास गरिएको छ । ५ करोड ६ लाख रुपैयामा १२ कोठे भवन निर्माण हुने भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति सांसद लक्ष्मण लम्सालले विद्यालयको भौतिक संरचना निर्माणले शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताए । विद्यालय निर्माणमा सबै पक्ष सक्रिय भई समयमै सम्पन्न गरी विद्यार्थीहरुको शिक्षामा सहयोग पु¥याउन सांसद लम्सालले अनुरोध गरे । 
    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख मञ्जु गौतमले विद्यालय समयमा नै निर्माण गर्नको लागि संरक्षणमा जोड दिनुपर्ने बताईन । कार्यक्रममा जिल्ला कार्यान्वयन इकाई काभ्रेका प्रमुख निर्मल कुमार घिमिरेले विद्यालय निर्माण सुरु गरेको १८ महिना भित्र काम सम्पन्न गर्नुपर्ने बताए । एडिबीको सहयोगमा नेपाल सरकारले बनाउन लागेको १२ कोठे भवन कुनै अवरोध बिना निर्माण हुनेमा उनले विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तले विद्यालयलाई प्राविधिक विद्यालय बनाउनको लागि पहल भइरहेको बताए । विद्यालयको नयाँ भवन पुन निर्माण हुन लागेको छ सबैजसो यस भेगका शिक्षाप्रमीहरु सबै स्थानीयहरु मिलेर सहयोग गर्नुपर्ने बताए । विद्यालयको भवन शिल्यान्यास कार्यक्रममा पाँचाखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, सस्थापक ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर बाँिनीा, निर्माण ब्यवसायी नवराज गौतम, विद्यालयलाई जग्गा दिने दाताहरु रमेश पौडेल, बिष्णु पौडेल लगायत स्थानीय अभिभावकहरुको सहभागिता रहेको थियो ।