बनेपा/नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक नेपाल काभ्रेको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको बन्द सत्रले जितबहादुर लामाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ । जसमा उपाध्यक्ष मिना तामाङ (धुलिखेल), सचिव गुञ्जमान तामाङ (नमोबुद्ध), कोषाध्यक्ष प्रतिक तामाङ रोशी र सदस्यहरूमा क्रमश तेलीमाया थिङ (बनेपा), सुर्यमान मोक्तान (तेमाल), श्याम वि.क.(पाँचखाल) शोभा सेञ्च्युरी (नमोबुद्ध), सौरव कायस्थ (बनेपा), प्रदिप अस्तानी (महाभारत), दानु प्रधान (चांैरीदेउराली), रेशम माझी (भुम्लु), शेरबहादुर वि.क. (बेखसिम्ले), साइला तामाङ (रोशी), ज्ञानबहादुर लामा (नमोबुद्ध), मुकुन्द ढकाल (पाँचखाल), कविता तामाङ (पाँचखाल), राकेश लामा (नमोबुद्ध), मानबहादुर योञ्जन (महाभारत), मेजरमान थिङ (महाभारत), रिजन थिङ (महाभारत), पदम दोङ (तेमाल), वसन्त वि.क. (बनेपा), नविन वाईवा (बनेपा), लालमान तामाङ (तेमाल सरमथली), खेजराज न्यौपाने (रोशी), छविलाल रानामगर (रोशी), पूर्णबहादुर रानामगर (रोशी), साईला लामा (चौरीदेउराली), एलिसा माझी (भुम्लु) रहेका छन् । बन्दसत्रको सञ्चालन अध्यक्ष मण्डलका संयोजक अधिवक्ता देवकुमार मोक्तानले गरेका थिए । बन्द सत्रमा कान्छाराम थिङ र तेजबहादुर रानामगर अध्यक्ष मण्डलका सदस्य थिए ।
उद्घाटन सभामा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट्व्युरो सदस्य दिनेश शर्मा (सागर) को प्रमुख आतिथ्यता रहेको थियो । देजमो नेपालका केन्द्रीय सचिवालय सदस्य कान्छाराम तामाङ, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विकास, जिल्ला सचिव वसन्त, क्रान्तिकारी युवा लीगका केन्द्रीय सदस्य केशव ढल्कोटी, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, शहिद परिवारको तर्फबाट खेजराज न्यौपाने र रोशी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तेजबहादुर रानामगरले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल बार एशोसिएसन काभ्रेका अध्यक्ष देवकुमार मोक्तान, रोशी गाउँपालिका वडा नं. ४ का वडा सदस्य गोपीमाया थापामगर लगायतको सहभागिता रहेको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काभ्रेको संयोजक टेक बहादुर वि.क.को सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन जितबहादुर लामा र स्वागत मन्तव्य आशिष रानाले राखेका थिए । सम्मेलनले संयोजक टेकबहादुर वि.क.द्धारा प्रस्तुत राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो ।





