2026 April 17/ 08:40: 19am

    चलाल/भूमिमाता मा.वि.को २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बेथानचोक गाउँपालिकाका उपप्रमुख सरिता लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध साँस्कृतिक कर्यक्रमका साथ सम्पन्न भएको थियो । कार्यक्रममा प्रधानाध्यापक शम्भुलाल श्रेष्ठले विद्यालयको गतिविधी  र भावी कार्ययोजना पेश गरेका थिए । लेखापाल रिसाङ तामाङले आगामी बर्षको बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथी माइती नेपालका अध्यक्ष विश्वराम खड्का, वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा सदस्य कर्ण तामाङ, सल्लाहकार कृष्णबहादुर तामाङ, कालिका मा.वि.का शिक्षक बेदप्रसाद बजगाई, भालेश्वर म.वि.का शिक्षक दिनेश कुमार थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका शिक्षक शर्मिला आचार्यले स्वागत र स .प्र.अ. कल्याण  मगरातिले संचालन गरेका थिए ।