2026 April 17/ 08:40: 19am

    धुलिखेल/समृद्धिका लागि युवा संस्थाको आयोजना एवं धुलिखेल नगरपालिकाका सहयोगमा हिन्दुहरुको महत्वपूर्ण चाड महाशिवरात्रीको अवसरमा सिन्धुली राजमार्गको जिरो किलो धुलिखेल बसपार्कमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको छ । 
    धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्यान्जु, उपप्रमुख विमला शर्मा, संस्थाका अध्यक्ष सिवी तामाङ लगायतले सामुहिक रुपमा नेपाली झण्डाको झण्डोत्तोलन गरेका थिए । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीहरुको सहभागिता रहेको थियो । धुलिखेलको बसपार्क चोकमा नेपालको राष्ट्रिय झन्डा राख्ने कार्य सम्पन्न भए लगत्तै नगरका सम्पूर्ण वडाहरुमा समेत झण्डा राखिने नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । 
    समृद्धिका लागि युवा भन्ने संस्थाले नगर भित्रका युवाहरुको समृद्धिका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । युवाहरुलाई आत्मनिर्भर स्वाभिमान बनाउन संस्थाले धुलिखेल नगरपालिका तथा अन्य संघ संस्थाको समन्वयमा सिपमुलक कार्यक्रम लगायत जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्दै आएको अध्यक्ष सिवी तामाङले बताए ।