2026 April 17/ 08:40: 14am

    बनेपा/लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुल बनेपाको १८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख बादेले नगरको शिक्षालाई गुणस्तरीय बनाउन नीजि क्षेत्रका विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । शिक्षालाई ब्यवहारिक र समय सान्र्दभिक बनाउन शिक्षा नीतिको पूर्ण कार्यान्वयन र विद्यालयहरुमा अध्यापन गराईने पाठ्यक्रम महत्वपूर्ण भएकाले त्यसमा ध्यान दिन नगर प्रमुख बादेले अनुरोध गरे । कार्यक्रममा विद्यालयका निर्देशक कृष्ण भण्डारी ‘शिशिर’, विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण श्रेष्ठ, संचालकहरु जनक थापा, विदुर घिमिरे, राजीव लामा, राधेश्याम केसी, यादव फैजु, सुशील शाह, गनु चौलागाई तथा कुलबहादुर हमालको सहभागिता रहेको थियो । अध्यक्ष मुन्यश्वर कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, वडा अध्यक्ष दानबहादुर बादे, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख निर्मला केसी, एकिकृत शिक्षक संगठनका अध्यक्ष दुर्गा सिं तामाङ, लगायतका सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका त्रिरत्न राजबाहक, मारमेन तामाङ, सुनिता क्षेत्री, अभिभावकहरु, शिक्षा क्षेत्रमा कार्य गर्ने विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    १८ वर्ष देखि निरन्तर बनेपामा रहेर आसपासका क्षेत्रमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको लिन इन्टरनेशनलमा चालु शैक्षिक सत्रमा ७ सय ५० विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमुख अतिथी बादेले पुरस्कार वितरण गरेका थिए ।