2026 April 17/ 08:40: 19am

   बनेपा/बनेपामा रहेको बाग्मती इङ्गलिस बोर्डिङ्ग स्कुलले स्थापनाको १९ औं बार्षिक उत्सव, अभिभावक दिवस, दीक्षान्त समारोह तथा पुरस्कार वितरण समारोह बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरको शिक्षाको विकास लागि सबै पक्ष सक्रिय हुनुपर्ने बताए । सामुदायिक तथा निजी क्षेत्रबाट शिक्षामा भएको लगानी र गुणस्तरका बारेमा नगरपालिकाले अनुगन, नियमन र संरक्षण गरिरहेकाले गुणस्तरीय शिक्षाका लागि सबै पक्षले ध्यान दिन सुझाव दिए । कार्यक्रममा अध्यक्ष प्रताप बैद्यले बाग्मती बोर्डिङ्ग स्कुलले बनेपा र आसपासको क्षेत्रमा पु¥याएको योगदानका बारेमा जानकारी गराएका थिए । निरन्तर १३ वर्ष देखि विद्यालयले एसएलसी र एसईई परिक्षामा शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको बताउँदै बैद्यले नीजि क्षेत्रले शिक्षामा दिएको योगदानको स्मरण गराएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपेन्द्रबहादुर विष्ट, वडा अध्यक्ष दानबहादुर मानन्धर, शिक्षासँग सम्वन्धित ब्यक्तिहरु, संस्कृतविद् ज्ञानकाजी मानन्धर, प्याब्सन काभ्रेका अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, ज्ञानकुञ्जका क्याम्पस प्रमुख नवराज चौलागाई लगायतले बाग्मती बोर्डिङ्गले शिक्षाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले सोहि अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।