बनेपा/आठौं राष्ट्रिय खेलकुद–२०७५का लागी प्रदेश खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समिति काभ्रेको समन्वयमा ३ नं प्रदेश फुलकन्टयाक्ट कँराते छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
खेलको उद्घाटन प्रदेश सांसद बसुन्धरा हुमागाईले रेफ्रिलाई झण्डा दिएर गरेका थिए । कार्यक्रममा बोल्दै हुमागाईले खेलले आत्मरक्षा, शारीरिक स्वास्थ्य र देशकै ईतिहस राख्ने भएकाले अनुशासित भई खेल खेल्न आग्रह गरेका थिए । खेलमा कसैले पनि नहार्ने भएकाले सबैले संयता भई खेल खेल्नुपर्ने बताएका थिए । खेलकुद सम्बन्धि कानुन बनिरहेकाले प्रदेश सरकारले चाँडै खेलकुद ऐन ल्याउन लागेको बताएका थिए । प्रतियोगितामा प्रदेशका १० वटा जिल्लाका १ सय खेलाडीले भग लिएका थिए । प्रतियोगीतामा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसी, बनेपा नगरपालिकका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा स्वागत मन्तब्य जिल्ला खेलकूद विकास समितीका अध्यक्ष सचितानन्द केसीले राखेका थिए । प्रतियोगिताको सभापतित्व संयोजक उमेश चौलागाईले गरेका थिए ।





