2026 April 17/ 08:40: 18am

    धुलिखेल/आदिवासी जनजाति पत्रकारहरुको प्रदेश स्तरीय पहिलो अधिबेशन आगामी चैत्र १ र २ गते नुवाकोटमा हुने भएको छ । 
    अधिबेशनका लागि चमार सिं लामा, पेमा लामा, बुद्ध लोप्चन, काजल तामाङ, पु्ष्पा राई हायु, सुरज श्रेष्ठ, सनम सुवाल, रोजन तामाङ, इन्द्रबहादुर थापा, लोकबहादुर थापा, गुणराज मोक्तान र जगत तामाङ प्रतिनिधिका रुपमा चयन भएका छन् । संगठनका केन्द्रिय कोषाध्यक्ष जगत तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, आदिवासी जनजाति पत्रकार संघका जिल्ला अध्यक्ष चमार सिं लगायतले मन्तब्य राखेका थिए । सर्वसम्मत चयन भएका प्रतिनिधिहरु मध्ये निरन्तर ५ वर्ष सदस्य भएको सदस्यले प्रदेशको अध्यक्षमा उम्मेदवारी दिन पाउने ब्यवस्था छ । जिल्लाबाट पेमा लामाले प्रदेश तीनको अध्यक्षमा दावी गरेका छन् ।