2026 April 17/ 08:40: 16am

    धुलिखेल/इस्कोन नेपालको आयोजनामा महारात्री २०७५ आयोजना गरिएको छ । बैदिक ज्ञानको प्रचार प्रसार गर्ने उदेश्यले अन्र्तराष्ट्रिय सांगितिक तथा सांस्कृतिक उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक आदित्य तिमल्सिनाले बताए । 
    महारात्री कार्यक्रममा विभिन्न १० देशका ३५ भन्दा धेरै कलाकारहरुको सहभागिता रहेको थियो । बैदिक संस्कृतिको उत्थान तथा महानताको सन्देश दिने उदेश्यले सांगितिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उनले बताए । भिभाकुल्तरा पोल्याण्ड आधार क्षेत्र रहेको उक्त कला समुहले शिवरात्रीको आसपासमा काठमाडौ, बीरगञ्ज लगायतका शहरहरुमा प्रस्तुती देखाउने छ ।  ठुला मानिसले जे जस्तो काम गर्छन्, सामान्य मानिसले त्यसैको आचरण गर्छन् । ठुला मानिसले अनुकरणीय कार्य गरेर जस्तो आदर्श स्थापित गर्छन् सारा संसारले तिनै कुराको अनुसरण गर्छन् भन्ने उक्तिलाई आत्मसात गर्दै इस्कोन नेपालले अभियान शुरु गरेको हो । उक्त महारात्रीबाट संकलित दान रकम टेम्पलअफ बैदिक एजुकेसन स्थापना गर्ने योजनामा हस्तान्तरण गरिने छ । कार्यक्रममा संस्कृत विद् ज्ञानकाजी मानन्धर, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, काठमाडौ विश्वविद्यालय सह प्राध्यापक डा. हेमराज काफ्ले, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । इस्कोन नेपालको स्थापना १९६० मा श्री प्रभुपादको आदेश बमोजिम महाभविष्णु स्वामिमहाराज, प्रभाविष्णु स्वामी महाराजले गरेका थिए । नेपालमा ५० रोपनी क्षेत्रफलमा बुढानिलकण्ठ स्थित विष्णुमति नदि किनारमा केन्द्रिय कार्यालय रहेको छ । 
    इस्कोन नेपाल बनेपा शाखाका माधव चालिसेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । भैरहवामा तिलोत्तमा गौ–संरक्षण, जगन्नाथ रथयात्रा, जीवनको लागि भोजन, संकीर्तन आन्दोलन, सांस्कृतिक प्रयोगशाला लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।