2026 April 17/ 08:40: 13am

    बनेपा/बनेपामा नयाँ लघु वित्त संस्थाले कारोवार शुभारम्भ गरेको छ । विपिडब्लु लघुवित्त संस्थाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज स्वस्तीले गरेका थिए । 
    कार्यक्रममा बोल्दै वस्तिले लघु वित्तले साना साना पुँजी तथा निम्न आय स्तर भएका ब्यक्तिहरुको जीवन स्तर सुधार्नु पर्नेमा जोड दिए । लघु वित्त संस्थाबाट ऋण लिएकै कारण कसैले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन समुह जमानी तथा ब्यवसायीक ऋण लगानीमा ध्यान दिन उनले आग्रह गरे । ललितपुरको पाटनमा सहकारीका रुपमा रहेको उक्त संस्था पछिल्लो समय लघु वित्त संस्थाका रुपमा कारोवार शुभारम्भ गरेको हो । काभ्रेपलाञ्चोक सहित प्रदेश नम्वर ३ का सबै जिल्लामा कारोवार गर्ने अनुमति पाएको उक्त संस्थाले ३ करोडको पुँजी संकलन गरेको छ । महिला सशक्तिकरण र महिलाहरुको आय आर्जन बृद्धि गर्ने मुख्य लक्ष्य लिएको संस्थाको बनेपामा कार्यालय शुभारम्भ समारोह कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले नगर क्षेत्रको गरिबी न्युनिकरणमा सहयोग पु¥याउन आग्रह गरेका थिए । थुप्रै वित्तिय संस्थाहरुको बीचमा विपिडब्लु लघु वित्त संस्था लिमिटेडले महिलाहरुलाई लघु उद्यम मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा नगर प्रमुख बादेले जोड दिए । 
    कार्यक्रममा सव नेपालका नारायण जोशी, पूर्व सचिव उमेश्वर नाथ गंगोल, बनेपा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष दानबहादुर मानन्धर, पूर्व न्यायाधिश शारदा श्रेष्ठ, संचालक सदस्य किशोरभाई बर्जाचार्य, बनेपा शाखा प्रवन्धक प्रमिला शाक्य लगायतले लघु वित्त बैंकका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।