बनेपा/निजि तथा आवासिय विद्यालय अर्गनाईनजेन(प्याब्सन) काभ्रेको आयोजना तथा स्थानिय प्याब्सनको ब्यबस्थापनमा एस ई ई दिने विद्यार्थीहरुलाई मध्यनजर गर्दै अभिमुकरण कार्यक्रमको आयोजना गरीएको छ ।
जिल्लाको पनौतीमा विहान ८ बजे बनेपामा ११ बजे र पाँचखालमा २ बजे गरी एकै दिन १ हजार २सय जना विद्यार्थीहरुलाई विज्ञान विषयमा कसरी उत्कृष्ट अकं प्राप्त गर्ने र परिक्षमा कसरी समयको ब्यबस्थापन गरी सम्पुर्ण प्रश्नहरुको सहजतरीकाले हल गर्न विययमा अभिमुखीकरण गरीएको थियो । अभिमुखीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका सानोठिमी भक्तपुरका विज्ञान विषयका डा. चिन्तामणी पन्थीले विद्याथीहरुलाई परिक्षामा नडराईकन परिक्षा दिन आग्रह गरेका थिए । कार्यक्रममा प्रशिक्षण तथा सामाजिक समन्वय विभाग प्रमुख महेन्द्र थिङ कोषध्यक्ष बसन्तराज नेपाल सदस्य दिपेन्द्र विष्ट विभिन्न विद्यालयका प्रिन्सिपलहरु, सबन्धित विषयका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रम सचिब सुजेन्द्र श्रेष्ठको सञ्चालनमा र अध्यक्ष पुर्णकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।





