उपेन्द्र अधिकारी/भकुण्डे
‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय–प्रहरी साझेदारी अन्तर्गत नागरिक सुनुवाइ तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मा ईलाका प्रहरी कार्यलय मङगलटार का इन्चार्ज प्रहरी निरीक्षक सुशील के.सि ले समुदाय र प्रहरी बीच को सम्बन्ध बलियो र बिस्वासिलो बनौन कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए। विभिन्न तह र तप्काका ब्यक्तिहरु उपस्थिति रहेको कार्यक्रममा सहभागिहरुले प्रहरी र समुदायको बीचमा भए घटेका घटना र सम्बन्ध का बारेमा आ–आफ्नो धारणा राखेका थिए । नमोबुद्ध नगर प्रमुख टि.पि शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख रामदेबि तामङ्ग, कार्यकारी अधिकृत कुमार कोइराला, स्थानीय जन प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी टि.पि शर्मा तिमल्सिनाले प्रहरी जनताको साथी र सेवक बन्नु पर्ने र आफ्नो पेशा प्रती इमानदार रहनु पर्ने बताएका थिए । कार्यक्रममा तत्कालीन दाप्चा कासिखण्ड नगरपालिकाका कार्यकारी प्रमुख भैरब खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।





