2026 April 17/ 07:20: 11am

   पनौती/एकीकृत साकोसको शिक्षा उप–समितिको आयोजनामा अन्तर विद्यालय आमन्त्रित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 
    हाजिरजवाफको उपाधि काभ्रे मा.वि. पनौतीले प्राप्त गरेको छ । त्यस्तै दोस्रो पनौती बोर्डिङ स्कूल ठाडोबाटो, तेस्रो सामुदायिक मा.वि. टौखाल र सान्त्वना पुरस्कार श्रीराम मा.वि.खोपासीले प्राप्त गरे । एकीकृत साकोसको १२ औं स्थापना दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा पनौती न.पा.क्षेत्र र आसपासका २० वटा विद्यालय सहभागी भएका थिए । संस्थाका अध्यक्ष सविनसुन्दर सैंजूले प्रतियोगिताको पहिलो प्रश्न सोधेरे उद्घाटन गरिएको कार्यक्रमको समापन समारोहमा पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । विजयी टोलीहरुलाई नगर प्रमुख न्यौपानेले ट्रफि र पुरस्कार प्रदान गरिएको थियो । 
    विजयी टिमलाई प्रमाणपत्र, मेडल, ट्रफीका साथै नगद पुरस्कार प्रथम ७ हजार, द्वितीय ४ हजार, तृतीय ३ हजार, सान्त्वना २ हजार र पाँचौं, छैंठौ १÷१ हजार प्रदान गरेका थिए । कार्यक्रममा थप रोचकताको लागि साकोसका कार्य समिति सदस्य लक्ष्मण मातंछेले कविता, गितबाट मनोरञ्जन प्रदान गरेको थियो ।